एन्ड्रोइड अमेरेटिङ सिस्टम के हो ? What is Android Operating System?

सर्व प्रथम एन्ड्रोइडको बारेमा बुझ्नु अगाडि, अमेरेटिङ सिस्टमको सञ्चालन प्रणालीको बारेमा बुझ्न जरुरी छ । अपरेटिङ सिस्टम भनेको कम्प्युटरको आफ्नो सिस्टममा रहेको सफ्टवेयर, मेमोरी, कम्प्युटर सँग जोडिएको डिभाईसहरु जस्तै पेनड्राईभ, किर्बाद, माउस आदिको व्यबस्थापन गर्दछ ।

अमेरेटिङ सिस्टमले तपाई अर्थात प्रयोगकर्ता र कम्प्युटरको हार्डवयर बिचको इन्टरफेसको रुपमा काम गर्छ । यसलाई अझ सरल भाषामा बुझौ जस्तै तपाईलाई आफ्नो मोबाइलमा भएको फोटाहरु कम्प्युटरको मृमोरीमा राख्न चाहनु हुन्छ । यदि हामी सँग अपरेटिङ सिस्टम नभएको भए कम्प्युटर एउटा चिप, नट, बोल्ड र प्लास्टिक बाहेक अरु केहि पनि होईन । अपरेटिङ सिस्टमले हामीलाई कम्प्युटरको भित्री भागको पध्दतिबारे जनकारी, प्रयोगकर्ताले बुझ्ने खालको स्क्रिनमा तस्बिरहरु देखाई सहयोगी भुमिका खेलेको हुन्छ ।

मूल्त अपरेटिङ सिस्टमहरु ठूला कम्प्युटरमा चल्ने र साना मोबाईल, घडि, टि.भिमा चल्नका लागि बनाइएका हुन्छन् । ठूला कम्प्युटरमा चल्ने अपरेटिङ सिस्टमहरु सोलारिस, म्याक ओएस, विन्डोज, लिनक्स आदि हुन् ।

लिनक्स अपरेटिङ सिस्टमको अनुकूलित थोरै मेमोरीमा पनि चल्ने, सानो स्वरुपलाई नै एन्ड्रोइड अपरेटिङ सिस्टम भनिन्छ । सन् २००३ को अक्टुबर महिनामा क्ललिफोनियाको पालो आल्टो शहरमा एन्डी रुबिन, रिच माइनर, निक स्पियर र क्रिस वाइटले निर्माण गरेका हुन् । एन्ड्रोइड एउटा ओपन सोर्स भनिन्छ । अर्थात एन्ड्रोड अपरेटिङ सिस्टमको “कोड” हामीले इन्टरनेटमा भेटाउन सक्छौ । यसले गर्दा ठूला कम्पनीहरु जस्तै स्यामसङ, ओपो, रेडमी आदिले आफ्नो फोनमा राख्न र बेच्न पाउछन् । त्यसैले एन्ड्रोइड अपरेटिङ सिस्टम फोन, टि.भि, ल्यापटप, घडि, माइक्रोओभन आदि कुरामा प्रयोग भएकोे पाइन्छ ।